भक्तपुरः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भक्तपुर जिल्लामा १४८ जना कोरोना भाइरस संक्रमित भएको पुष्टि गरेको छ । तर स्वास्थ्य कार्यालय भक्तपुरले आज भक्तपुरमा १७३ जना संक्रमित भएको बताएको छ ।

स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार भक्तपुरमा आज देखिएका संक्रमितमा चाँगुनारायण नगरपालिकाका ९ जना, भक्तपुर नगरपालिकाका ५८ जना, मध्यपुर थिमी नगरपालिकाका ५३ जना, सुर्यविनायक नगरपालिकाका ४६ जना तथा सम्पर्क हुन नसकेका ७ जना रहेका छन् ।

योसँगै जिल्ला भित्र कुल ४ हजार ६९० जना संक्रमित रहेका छन् । यस्तै, जिल्लामा निको हुनेको संख्या २ हजार ५०० जना रहेका छन् भने सक्रिय संक्रमित २ हजार १३७ जना रहेका छन् ।


यस्तै, जिल्लामा १७ जना महिला र ३६ जना पुरुष गरी कूल ५३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ४ मंगलबार, १९:५२