भक्तपुरः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भक्तपुर जिल्लामा १६३ जना कोरोना भाइरस संक्रमित भएको पुष्टि गरेको छ । तर स्वास्थ्य कार्यालय भक्तपुरले आज भक्तपुरमा १८० जना संक्रमित भएको बताएको छ ।

स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार भक्तपुरमा आज देखिएका संक्रमितमा चाँगुनारायण नगरपालिकाका ९ जना, भक्तपुर नगरपालिकाका २५ जना, मध्यपुर थिमी नगरपालिकाका ४६ जना, सुर्यविनायक नगरपालिकाका ८९ जना तथा सम्पर्क हुन नसकेका ११ जना रहेका छन् ।

योसँगै जिल्ला भित्र कुल ५ हजार ३९७ जना संक्रमित रहेका छन् । यस्तै, जिल्लामा निको हुनेको संख्या २ हजार ९३१ जना रहेका छन् भने सक्रिय संक्रमित २ हजार २४६ जना रहेका छन् ।


यस्तै, जिल्लामा १८ जना महिला र ४५ जना पुरुष गरी कूल ६३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ९ आइतबार, २०:३५