भक्तपुरः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भक्तपुर जिल्लामा ४ जना कोरोना भाइरस संक्रमित भएको पुष्टि गरेको छ । तर स्वास्थ्य कार्यालय भक्तपुरले आज भक्तपुरमा १५ जना संक्रमित भएको बताएको छ ।

स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार भक्तपुरमा आज देखिएका संक्रमितमा भक्तपुर नगरपालिकाका २ जना, मध्यपुर थिमी नगरपालिकाका ३ जना र सुर्यविनायक नगरपालिकाका १० जना रहेका छन् ।

योसँगै जिल्ला भित्र कुल ५ हजार ४७४ जना संक्रमित रहेका छन् । यस्तै, जिल्लामा निको हुनेको संख्या ३ हजार ४१४ जना रहेका छन् भने सक्रिय संक्रमित १ हजार ९९६ जना रहेका छन् ।

यस्तै, जिल्लामा १९ जना महिला र ४५ जना पुरुष गरी कूल ६४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।



प्रकाशित मितिः २०७७ साल कार्तिक ११ मंगलबार, २०:४९