भक्तपुरः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भक्तपुर जिल्लामा ९७ जना कोरोना भाइरस संक्रमित भएको पुष्टि गरेको छ । तर स्वास्थ्य कार्यालय भक्तपुरले आज भक्तपुरमा ७२ जना संक्रमित भएको बताएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार भक्तपुरमा आज देखिएका संक्रमितमा चाँगुनारायण नगरपालिकाका २ जना, भक्तपुर नगरपालिकाका ५ जना, मध्यपुर थिमी नगरपालिकाका २७ जना, सुर्यविनायक नगरपालिकाका ३५ जना तथा सम्पर्क हुन नसकेका ४ जना रहेका छन् ।

योसँगै जिल्ला भित्र कुल ५ हजार ५९६ जना संक्रमित रहेका छन् । यस्तै, जिल्लामा निको हुनेको संख्या ३ हजार ६९९ जना रहेका छन् भने सक्रिय संक्रमित १ हजार ८२८ जना रहेका छन् ।


यस्तै, जिल्लामा २२ जना महिला र ४७ जना पुरुष गरी कूल ६९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १३ बिहीबार, १९:३२