भक्तपुरः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भक्तपुर जिल्लामा ९६ जना कोरोना भाइरस संक्रमित भएको पुष्टि गरेको छ । तर स्वास्थ्य कार्यालय भक्तपुरले आज भक्तपुरमा ११३ जना संक्रमित भएको बताएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार भक्तपुरमा आज देखिएका संक्रमितमा चाँगुनारायण नगरपालिकाका ६ जना, भक्तपुर नगरपालिकाका ११ जना, मध्यपुर थिमी नगरपालिकाका ५५ जना, सुर्यविनायक नगरपालिकाका ३७ जना तथा सम्पर्क हुन नसकेका ४ जना रहेका छन् ।

योसँगै जिल्ला भित्र कुल ५ हजार ९०२ जना संक्रमित रहेका छन् । यस्तै, जिल्लामा निको हुनेको संख्या ३ हजार ८६६ जना रहेका छन् भने सक्रिय संक्रमित १ हजार ९६२ जना रहेका छन् ।


यस्तै, जिल्लामा २३ जना महिला र ५१ जना पुरुष गरी कूल ७४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १६ आइतबार, २१:०२