भक्तपुरः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भक्तपुर जिल्लामा ६३ जना कोरोना भाइरस संक्रमित भएको पुष्टि गरेको छ । तर स्वास्थ्य कार्यालय भक्तपुरले आज भक्तपुरमा ६२ जना संक्रमित भएको बताएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार भक्तपुरमा आज देखिएका संक्रमितमा चाँगुनारायण नगरपालिकाका ६ जना, भक्तपुर नगरपालिकाका ५ जना, मध्यपुर थिमी नगरपालिकाका २१ जना, सुर्यविनायक नगरपालिकाका २२ जना तथा सम्पर्क हुन नसकेका ८ जना रहेका छन् ।

योसँगै जिल्ला भित्र कुल ६ हजार ८७ जना संक्रमित रहेका छन् । यस्तै, जिल्लामा निको हुनेको संख्या ४ हजार ३२६ जना रहेका छन् भने सक्रिय संक्रमित १ हजार ६८६ जना रहेका छन् ।


यस्तै, जिल्लामा २३ जना महिला र ५२ जना पुरुष गरी कूल ७५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १८ मंगलबार, २०:०८