भक्तपुरः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भक्तपुर जिल्लामा ७७ जना कोरोना भाइरस संक्रमित भएको पुष्टि गरेको छ । तर स्वास्थ्य कार्यालय भक्तपुरले आज भक्तपुरमा ११८ जना संक्रमित भएको बताएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार भक्तपुरमा आज देखिएका संक्रमितमा चाँगुनारायण नगरपालिकाका ११ जना, भक्तपुर नगरपालिकाका ६ जना, मध्यपुर थिमी नगरपालिकाका ५० जना, सुर्यविनायक नगरपालिकाका ४२ जना तथा सम्पर्क हुन नसकेका ९ जना रहेका छन् ।

योसँगै जिल्ला भित्र कुल ६ हजार ६०५ जना संक्रमित रहेका छन् । यस्तै, जिल्लामा निको हुनेको संख्या ५ हजार १५२ जना रहेका छन् भने सक्रिय संक्रमित १ हजार ३७१ जना रहेका छन् ।


यस्तै, जिल्लामा २५ जना महिला र ५७ जना पुरुष गरी कूल ८२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २२ शनिबार, २०:४८