भक्तपुरः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भक्तपुर जिल्लामा ७१ जना कोरोना भाइरस संक्रमित भएको पुष्टि गरेको छ । तर स्वास्थ्य कार्यालय भक्तपुरले आज भक्तपुरमा ८७ जना संक्रमित भएको बताएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार भक्तपुरमा आज देखिएका संक्रमितमा चाँगुनारायण नगरपालिकाका १३ जना, भक्तपुर नगरपालिकाका १४ जना, मध्यपुर थिमी नगरपालिकाका २५ जना, सुर्यविनायक नगरपालिकाका ३२ जना तथा सम्पर्क हुन नसकेका ३ जना रहेका छन् ।

योसँगै जिल्ला भित्र कुल ७ हजार ५६८ जना संक्रमित रहेका छन् । यस्तै, जिल्लामा निको हुनेको संख्या ६ हजार २९४ जना रहेका छन् भने सक्रिय संक्रमित १ हजार १७९ जना रहेका छन् ।


यस्तै, जिल्लामा ३२ जना महिला र ६३ जना पुरुष गरी कूल ९५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर ५ शुक्रबार, १९:३१