भक्तपुरः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भक्तपुर जिल्लामा ३६ जना कोरोना भाइरस संक्रमित भएको पुष्टि गरेको छ । तर स्वास्थ्य कार्यालय भक्तपुरले आज भक्तपुरमा ३३ जना संक्रमित भएको बताएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार भक्तपुरमा आज देखिएका संक्रमितमा चाँगुनारायण नगरपालिकाका १ जना, मध्यपुर थिमी नगरपालिकाका २० जना, भक्तपुर नगरपालिकाका १० जना र सुर्यविनायक नगरपालिकाका २ जना रहेका छन् ।

योसँगै जिल्ला भित्र कुल ६४५ जना संक्रमित रहेका छन् ।

यस्तै जिल्लामा ५ महिला र ५ पुरुष गरी कूल १० जनाको कोरोना संक्रमणबाट निधन भएको छ ।


प्रकाशित मितिः शुक्रबार, भदौ १९, २०७७, १९:०४