काठमाडौंः नेपाली कांग्रेसको पूर्वपदाधिकारी र पदाधिकारीको बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलाकण्ठमा बसिरहेको छ।

देउवाले पछिल्लो राजनैतिक अवस्था, पार्टीको आन्तरिक विवाद समाधान गर्न र आगामी भदौ महिनाकामा तय गरेको पार्टीको महासमितिको बैठकको तयारीका लागि छलफल गर्न उनले शीर्ष नेताहरुलाई दिउँसो ३ बजे बोलाएका थिए।

अहिले देउवा निवास बुढानीलाकण्ठमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा. महत, संसदीय दलका उपनेता विजयकुमार गच्छदार, पूर्वसहमहामन्त्रीहरू अर्जुननरसिंह केसी र डा. रामशरण महत, पूर्वकोषाध्यक्ष चित्रलेखा यादव, प्रवक्ता विश्वप्रकाश शर्मा र अन्य केहि नेताहरु पुगेका छन् ।