काठमाडौंः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

बदलिँदो राजनीतिक परिस्थितिबारे छलफल गर्न कांग्रेसले दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरी आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको मिति घोषणा गरेपछि त्यसबारे कांग्रेसले औपचारिक धारणा बनाउन लागेको हो ।


प्रकाशित मितिः २०७७ साल पुस ७ गते मंगलबार, १२:०४