काठमाडौंः नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।

पुनःस्थापित संसद बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो ।

सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा दिउँसो ३ बजे पदाधिकारी तथा पूर्वपदाधिकारीहरुलाई डाकेको कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

पदाधिकारीको सुझावलाई आत्मसात गर्दै देउवाले शुक्रबार आह्वान गरिएको पार्टीको संसदीय दलको बैठकमार्फत सरकारमा जाने या नजाने भन्ने निर्क्यौल गर्ने निकट स्रोतले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन २० गते बिहीबार, १०:२१