कोरिया: नेपाली कांग्रेसको प्रवासी भातृसंगठन जनसम्पर्क समिति दक्षिण कोरियाको सभापतिमा आस्था बिन्दु मल्ल बिजयी भएकी छन् ।
आइतबार भएको निर्वाचनमा निवर्तमान उपसभापति भजिन्द्र क्षेत्रीलाई ३७ मत अन्तरले पराजित गर्दै मल्ल बिजयी भएकी हुन् ।
तनहुँ स्थायी घर भएकी मल्ल लामो समयदेखि कोरियामा बसोबास गर्दै आएकी छन् ।
दक्षिण कोरियाको राजधानी सियोलमा सम्पन्न ५ औं अधिवेशनमा भएको निर्वाचनमा आस्थाबिन्दु मल्लको पक्षमा ९६ मत परेको थियो भने भजिन्द्र क्षेत्रीको पक्षमा ५९ मत खसेको थियो ।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook