काठमाडौं: प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ ।

प्रमुख प्रतिपक्ष कांग्रेसले डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै संसद बैठक अवरुद्ध गरेको हो।

सभामुखले समय दिएपछि प्रमुख सचेतक बालकृष्ण खाँडले डा. केसीको स्वास्थ्य अवस्था गम्भीर भएको शुक्रबार नै छलफल गर्नुपर्ने बताए । नभए सदन अघि बढ्न नसक्ने बताए ।

सभामुख कृष्णबहादुर महराले संसद नियमावलीको नियम ७१ को ३ अनुसार मन्त्रीसँग परामर्श गरेर छलफलको दिन तोक्ने आश्वासन दिए ।

तर, कांग्रेस सांसदहरुले डा. केसीको स्वास्थ्य अवस्था गम्भीर भएको भन्दै सदन अवरुद्ध गरिरहे । संसद बैठक आधा घन्टालाई स्थगित भएको छ ।


लामो समयसम्म कांग्रेसका सांसद्हरु अठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले वैठक स्थगित गरेका हुन् ।