काठमाडौं: कांग्रेसबाट राष्ट्रिय सभा संसदीय दलको नेतामा सांसद सुरेन्द्रराज पाण्डेलाई चयन गरिएको छ ।

सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले पाण्डेलाई कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम कांग्रेसको राष्ट्रिय सभाका लागि संसदीय दलको नेता पदमा मनोनयन गरेको काँग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँडद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।