पाँचथरः नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले कांग्रेसले अब नयाँ चिराबाट अघि बढ्नुपर्ने बताएका छन् ।

पाँचथरको सदरमुकाम फिदिममा आज बिहान पत्रकारसंग कुरा गर्दै उनले अबको कांग्रेसले नयाँ ढंगबाट जानुपर्ने अवस्था आएको बताएका छन् ।

नेपाली कांग्रेसले स्थानीय तथा प्रतिनिधि निर्वाचनमा जसरी हार ब्यहोर्नु पर्यो त्यसरी नै अघि बढ्नुपर्ने र महामानव विपी कोइरालाले प्रत्यक नेपालीको घरघरमा एउटा दूनो गाई होस् प्रत्येक घरघरमा एकआपसको सद्भाव होस् भनेर भनेका थिए त्यो अवस्था अहिले सिर्जना हुन सकेन् अब समाज फेरिइसकेको छ त्यसैले अबको कांग्रेसले समाज अनुसार परिवर्तन भएर अघि बढ्नुपर्ने बताए ।


कांग्रेस अघि बढाउनका निमीत्त गाउँ टोल जिल्लादेखि केन्द्रसम्म कांग्रेस तथा प्रजातन्त्रमा आस्तावान विद्यार्थी साथीभाई, कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।

काग्रेसले अबको पाँच वर्षमा पार्टीलाई सबैभन्दा ठूलो दल बनाउनका लागि कांग्रेसले कुनै गुट उपगुट नभनी सबैले पार्टी सुदृढीकरणका लागि सबैले एक ढिक्का भएर पार्टीलाई अघि बढाउनुपर्ने बताए ।