काठमाडौंः कोरोना महामारी नियन्त्रण गर्न सरकार असफल भएको निष्कर्ष निकालेको नेपाली कांग्रेसले आज ७७ जिल्ला, सात प्रदेश र दूतावासमार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदैछ ।

केन्द्रीय समितिको निर्णय अनुसार कांग्रेसले ७७ जिल्ला, सात प्रदेश र दूतावासमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने भएको हो ।

कांग्रेसले ७७ जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै छ । यस्तै, सात प्रदेशका मुख्य मन्त्रीलाई पनि ध्यानाकर्षण पत्र बुझाउने छ । साथै, आज नै विदेशस्थित दूतावासमा जनसम्पर्क समितिमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने छ ।

यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको थियो ।



प्रकाशित मितिः मंगलबार, असार २, २०७७, ०९:४५