काठमाडौंः प्रतिनिधिसभा विघटनको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभरीका वडाहरुमा प्रदर्शन गर्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा गरेको संसद विघटनका विरुद्ध देशभरीका वडाहरुमा प्रदर्शन गर्न लागेको हो ।

देशभरका ६ हजार ७४३ वडाहरुमा आज विरोध प्रदर्शन आयोजना गरिएको कांंग्रेसले जनाएको छ ।

संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ स्थानीय तहहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।

तस्विरः फेसबुकबाट


प्रकाशित मितिः २०७७ साल माघ ८ गते बिहीबार, १०:१९