काठमाडौंः नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आगामी कार्तिक २१ गतेलाई बोलाएको छ ।

बैठक २१ गते शुक्रबार दिनको १ बजे पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसअघि असोज १९ गते बोलाइएको बैठक केही केन्द्रीय सदस्यलाई कोरोना संक्रमण देखिएपछि स्थगित भएको थियो ।

पौडेलले एक विज्ञप्ति जारी गर्दै पार्टीको आगामी १४ औं महाधिवेशनको तयारीका विषयमा बैठकमा छलफल हुने जानकारी दिएका छन् ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १३ बिहीबार, १७:२५