काठमाडौं: कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार केन्द्रीय सदस्यमा तीन जनालाई मनोनित गरेका छन्।

कांग्रेसको विधान २०१७ ९संशोधित र परिमार्जित० को धारा (२१) (ठ) बमोजिम लम्जुङका दिलबहादुर घर्ती, काभ्रेका शिवप्रसाद हुमागाई र स्व. खुमबहादुर खड्का पत्नी दाङकी शीला शर्मा खड्कालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन्।

त्यसैगरी सभापति देउवाले पार्टी विधानको धारा ४९ (१३) (क) र (ख) बमोजिम दमननाथ ढुंगाना तीर्थराम डंगोल र हिरादत्त भट्ट लाई कांग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पदमा मनोनयन गरेका छन्।