काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक पुस १७ गते बोलाएको छ ।

कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गर्दै पुस १७ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको जानकारी गराएका हुन् ।

केन्द्रीय कार्यसमिति पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्यलाई बैठकमा उपस्थित हुन कांग्रेसको आग्रह छ ।


प्रकाशित मितिः मंगलबार, पुस १५, १५:१७