काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याउनु बेमौसमी बाजा भएको प्रारम्भिक टिप्पणी गरेको छ ।

सरकारले राजनीतिक दलसम्बन्धी कानूनलाई संशोधन गर्न गरी संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन मिल्ने गरी अध्ययादेश ल्याउने निर्णय गरेसँगै कांग्रेसले यसलाई बेमोसमी बाजाको संज्ञा दिएको हो ।

कोरोनाभाइरस महामारी संकटका बेला अरु विषय गौण हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।

उक्त निर्णय बाहिरिएपछि कांग्रेस प्रवक्ता शर्माले ट्वीट गर्दै, ‘संसारकै अहिलेको प्रधान प्राथमिकता कोरोनामाथी विजय हासिल गर्ने हो ।


। नेपाल देशका लागिपनि यतिबेला अन्य सबै बिषय गौण छन् / गौण रहनुपर्छ । हाम्रो सम्पुर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापुर्वक समर्पित रहनैपर्छ ।’ भनेका छन् ।

उनले नेपालीको रक्षाका लागि एकतापूर्वक समर्पित रहन सम्पूर्ण सोच र शक्ति समर्पित हुनुपर्ने जनाएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी ऐनको परिच्छेद ६ मा रहेको दल त्यागसम्बन्धी व्यवस्था संशोधन गरी केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत मत पुर्‍याए दल त्याग गर्न सक्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको छ ।


प्रकाशित मितिः सोमबार, वैशाख ८, १९:२४