काठमाडौंः नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, सानेपामा वैशाख १७ गते दिउँसो १ बजे बैठक बोलाएको कार्यालयका प्रमुख सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिको छ ।

बैठकमा हालै सरकारले ल्याएका दुई अध्यादेशको विषयमा छलफल हुने बुझिएको छ ।


प्रकाशित मितिः बुधबार, वैशाख १०, २२:००