काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबारका लागि बोलाइएको छ ।

बैठक पार्टी कार्यालय सानेपामा सोमबार दिउँसो २ बजे बोलाइएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा आसन्न १४औं महाधिवेशनको तयारी, जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहने पौडेलले बताए ।


प्रकाशित मितिः २०७८ साल वैशाख ११ गते शनिबार, १८:०९