काठमाडौंः नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बिहान बसेको आकस्मिक बैठकले पार्टीका पूर्व केन्द्रीय सदस्य, पूर्व सांसद एवं पूर्व स्थानीय विकास मन्त्री श्री पूर्णकुमार शेर्मा (लिम्वू) को निधनमा आज शोक प्रस्ताव पारित गरेको छ ।

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

बैठकले चैत्र २ गते आइतबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने कांग्रेसले जनाएको छ ।


। स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा श्रद्धाञ्जलि पुस्तिका राख्ने र १३ औं दिन शोकसभा गर्ने निर्णय गरेको छ ।

वि.सं. २००० असोज १२ गते जन्मिएका शेर्माको फागुन २८ गते ललितपुरको निदान अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

आकस्मिक बैठक स्वर्गीय शेर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।


प्रकाशित मितिः शुक्रबार, फागुन ३०, ११:३९