काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

बैठक पार्टी कार्यालय सानेपामा आज दिउँसो २ बजे बस्न लागेको हो ।

बैठकमा कोरोना भाइरसको रोकथाम र उपचारका सम्बन्धमा भएका कार्य तथा पार्टीले गर्न सक्ने योगदानका बारेमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

सरकारले संवैधानिक परिषद र राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएपछि रणनीति बनाउन कांग्रेसले आजका लागि केन्द्रीय समिति बैठक डाकेको थियो । तर उक्त अध्यादेश सरकारले फिर्ता लिने निर्णय गरेसँगै राष्ट्रपतिले खारेज गरिसकेकी छन् ।


प्रकाशित मितिः बुधबार, वैशाख १७, ११:५७