काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दसैं–तिहारपछि बस्ने भएको छ ।

यसअघि दुई पटक मिति तय भएर स्थगित भएको बैठक दसैं–तिहारपछि मात्रै बस्ने भएको हो ।

कोरोनाको संक्रमण बढेको र धेरै जना एकैपटक भेला भएर छलफल गर्न सक्ने अवस्था नभएका कारण दसैंअघि बैठक नबस्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

सम्भव भए कोजाग्रत पूर्णिमाको केहीदिन पछाडि सबैको पीसीआर परीक्षण गरी बैठक सञ्चालन गर्ने विषयमा पदाधिकारीबीच छलफल चलिरहेको उनले बताए ।

दसैं र तिहारकोबीचमा बैठक बस्न नसके तिहारपछि बस्ने शर्माले बताए । विशेषगरी महाधिवेशनको सन्दर्भमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाइएको हो ।



प्रकाशित मितिः २०७७ साल असोज २८ बुधबार, २१:४२