काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

आगामी भदौमा तय भएको १४ औं महाधिवेशनको सन्दर्भमा छलफल गर्न बैठक बस्न लागेको पौडेलले बताए ।

यसअघि चैत ३० गते बस्ने तय भएको केन्द्रीय कार्यसमितिको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलको भाइको निधनका कारण स्थगित भएको थियो ।


प्रकाशित मितिः २०७८ साल वैशाख ५ गते आइतबार, १२:१७