काठमाडौंः नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले आफ्नो दल चुनावमा जान तयार भएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा आज बोल्दै उनले काँग्रेस लोकतान्त्रिक दल भएकाले घोषित चुनाव देखि नभाग्ने स्पष्ट पारे ।

‘कांग्रेस चुनावबाट भाग्दैन, सामना गर्छ,’ नेता साउदले भने, ‘चुनाव स्वतन्त्र, धाँधलीरहित र निष्पक्ष गर्ने वातावरण बनाउनुपर्छ ।’ उनले चुनाव सुनिश्चित गर्ने कार्य सबैले गर्नुपर्ने बताए । यद्यपि, प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गर्न चालेका कदमहरुलाई असंवैधानिक भने ।

ओलीको कदमले देशलाई अनिश्चिततातर्फ धकेलेको बताए ।


। नेकपालाई जनताले बहुमत दिदादिदै जनतामाथि धोका भएको बताए । उनले भने, ‘जनतामाथ नेकपाको अन्र्तद्वन्द्वको कारण धोकाधडी गर्ने काम भएको छ ।’


प्रकाशित मितिः २०७७ साल पुस ६ गते सोमबार, २०:३८