काठमाडौंः विपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले संघीय संसदको अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गरेका छन् ।

आज दिउँसो कांग्रेस सभापति देउवा निवास बुढानिलकण्ठमा दुई पार्टीका शीर्ष नेताबीच भएको छलफलले संसदको अधिवेशन बोलाउन माग गरेका हुन् ।

छलफलमा संसदमा भएको विपक्षी दलबीच सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको कांग्रेस नेता मिनेन्द्र रिजाले जानकारी दिए ।

कांग्रेसकै प्रस्तावअनुसार आज भएको छलफलमा देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र डा. मिनेन्द्र रिजाल थिए भने जसपाबाट अध्यक्ष महन्थ ठाकुर र नेताहरु डा. बाबुराम भट्टराई र राजेन्द्र महतो सहभागी थिए ।


बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले संसद अधिवेशन बोलाउन माग गर्दै प्रतिपक्षी दलहरुसँग छलफल गर्ने निर्णय गरेको थियो ।

यसैगरी संवैधानिक परिषद्को कार्यविधि सम्बन्धमा जारी गरिएको अध्यादेश तत्काल फिर्ता लिइ अबिलम्ब संसद बैठक बोलाउन माग गर्ने विषयमा छलफल भएको उनले बताए ।

यस्तै, लोकतन्त्रको रक्षा, भ्रष्टाचार, कोभिड–१९ को विविध पक्ष, आर्थिक संकट लगायतका जनसरोकारका विषयमा संसदमा भएका प्रतिपक्षी दलहरुबीच सहकार्य गरेर अगाडि बढ्ने समझदारी भएको हो ।


प्रकाशित मितिः २०७७ साल पुस ४ गते शनिबार, १८:५८