काठमाडौंः नेपाली कांग्रेसले गर्ने भनिएको जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाका लागि तयारी सुरु भएको छ ।

आउँदो असार छ,६ र ७ गते मकवानपुरको हेटौंडामा नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेला गर्ने निर्णय पछि तयारीको लागि कांग्रेसले विभिन्न समितिहरु निमार्ण गर्दै तयारीमा जुटेको हो ।

भेलालाई व्यवस्थाप गर्न र सहज तरिकाले सम्पन्न गर्न भन्दै बिहीबार विभिन्न ९ वटा समिति समेत बनाइएको छ । स्थानीय सतितिका संयोजकहरु पनि तोकिएको छ ।

कांग्रेस केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्मा र मकवानपुरका जिल्ला सभापति एवं राष्ट्रिय भेला स्थानीय व्वस्थापन समितिका संयोजक ईन्द्रबहादुर बानियाँको अध्यक्षतमा बसेको बैठकले जिम्मेवारी बाँडफाँड गरेको बताइएको छ ।


जिम्मेवारी अन्तर्गत प्रदीप कोइरालाको संयोजकत्वमा प्रचार समिति, आनन्द पराजुलीको संयोजकत्वमा सांस्कृतिक एवं अतिथि समन्वय समिति, अर्जुन तिवारीको संयोजकत्वमा स्वयंसेवक समिति, गोपीलाल विश्वकर्माको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, वुद्ध लामाको संयोजकत्वमा सचिवालय एवं मिडिया सेन्टर संयोजन समिति र राजीव सुवेदीको संयोजकत्वमा स्वास्थ्य समिति गठन गरिएको छ ।

त्यस्तै, खाद्यान्न प्रबन्ध समितिमा रामबाबु बानियाँ, आवास व्यवस्थापन समितिमा भरत पराजुली, र प्रदेश संयोजन समितिमा विष्णुप्रसाद लामिछानेलाई तोकिएको छ ।

भेलाको उद्घाटन समारोह एवं बन्द सत्रका सम्पूर्ण कार्यक्रमहरु पलपसा हलमा हुने कांग्रेसले जनाएको छ ।