काठमाडौं: नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेला आउँदो असार ५ देखि मकवानपुरको हेटौंडामा शुरु हुने भएको छ। दुई दिनसम्म चल्ने भेला हेटौंडाको पल्पसा हलमा हुने तय भएको कांग्रेस केन्द्रीय कार्यालले जानकारी दिएको छ ।

जिल्ला सभापतिहरुको राष्ट्रिय भेला स्थानीय व्यवस्थापन समितिका संयोजक मकवानपुरका कांग्रेस सभापति इन्द्रबहादुर वानियाँ रहेका छन्। भेलालाई व्यवस्थित गर्न स्थानीय स्तरमा ९ वटा समितिसमेत गठन गरिएको छ।

कांग्रेस केन्द्रीय समितिले वैशाख १६ गते जिल्ला सभापतिहरुको भेला जेठको अन्तिम साता गर्ने निर्णय गरेको थियो। तर जेठ ६ गते असार ५ देखि ७ सम्मको मिति तय भयो।


। लामो समयदेखि असन्तुष्ट पक्षले पार्टी सभापति शेरबहादुर देउवाले सभापतिहरुको भेला गर्न नसकेको भन्दै विरोध गर्दै आएका थिए।भेलामा समसमायिक राजनीतिक विषयमा चर्चा हुने कांग्रेसले जनाएको छ।