भक्तपुरः नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संसदमा सरकार बन्न नसकेमा अन्तिम विकल्पका रुपमा मात्रै कांग्रेस सरकार बनाउन अघि बढ्नु पर्ने बताएका छन् ।

मध्यपुर थिमिको कौशलटारमा आज क्लव मध्यपुरको उद्घाटन गर्दै नेता सिंहले नेकपाको आन्तरिक कलहका कारण यदि सरकारका बनाउन नसके अन्तिम विकल्पको रुपमा मात्रै नेपाली कांग्रेसले सरकार बनाउन सहयोग गर्ने बताएका हुन् ।

नेकपालाई दुई तिहाई मत दिएर पाँच बर्ष सरकारका चलाउन म्यान्डेट दिएकाले नेपाली कांग्रेस तत्काल सरकारमा जान नहुने उनले बताए ।

परिस्थितीले नेकपा भित्रको झगडाका कारण प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपनि अदालतले असंवैधानिक ठहर गरि पुनस्र्थापना गरेसँगै अब नेकपालाई नै सरकार चलाउन दिनुपर्ने नेता ंिसंहको भनाई छ ।


वैधानिक रुपमा नेकपा पनि नफुटेको अवस्थामा नेकपाकै दुई तिहाइमा सरकार बन्ने सम्भावना अझै रहेको नेता सिंहले बताए ।

तत्काल सरकार गठनमा नेपाली कांग्रेले सहयोग गरे पार्टीलाई घातक हुने भएकाले पार्टी सरकारमा तत्काल जना नहुने उनको भनाई छ ।

नेपाली कांग्रेसका नेता अष्टकुमार कवेंको तीन करोड रुपैयाँको लगानीमा कौशलटारमा आजबाट क्लव मध्यपुर संचालनमा आएको हो । क्लव मध्यपुरमा फिटनेस, बडिविल्डिङ, एरोविक्स, जुम्बा, स्टिम, सावना, स्नोकरका साथै द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन संचालनमा आएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन १३ गते बिहिबार, १८:४५