काठमाडौंः दुई दिने भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले आज बिहान नेपाली कांग्रेसका शीर्ष नेताहरुसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

विदेश सचिव श्रृंगला कांग्रेस नेताहरुलाई भेट्न बिहीबार साँझ सभापति देउवा निवासमा पुगेका थिए ।

भेटमा कांग्रेसका कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी थिए । यस्तै, भेटमा परराष्ट्र विज्ञ डा. एवं पूर्वराजदूत दिनेश भट्टराईको पनि सहभागिता रहेको थियो ।

भेटवार्तामा नेपाल–भारत बहुआयामिक सम्बन्धबारे छलफल भएको कांग्रेसका एक नेताले जानकारी दिए ।


। यद्यपि सीमा विवादको विषयमा भने कुराकानी नभएको ती नेताले जानकारी दिए ।

करिब आधा घण्टा चलेको भेटवार्ता औपचारिकतामा सीमित भएको थियो ।

गोरखा र मनाङका कार्यक्रममा सहभागी भएर उनी आजै स्वदेश फर्किंदैछन् ।


प्रकाशित मितिः २०७७ साल मंसिर १२ शुक्रबार, ११:२७