काठमाडौंः नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उनले आज सामाजिक सञ्जाल फेसबुक मार्फत् आफूलाई कोरोना भाइरस संक्रमण भएको सार्वजनिक गरेका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘हिजो २०७७ साल मंसिर २६ गते गरिएको कोभिड–१९ को पीसीआर परीक्षणबाट मलाई पोजेटिभ देखिएकोले केही दिनयता मेरो नजिकको सम्पर्कमा रहनु भएका सबैले आवश्यकता अनुसार परीक्षण गर्नुहुन र सावधानी अपनाउनु हुन अनुरोध गर्दछु ।’
उनले शुक्रबार स्वाब परीक्षण गराएका थिए । शनिबार बिहान उनको रिपोर्ट पोजेटिभ आएको हो ।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनी हाल होम आइसोलेसनमै छन् ।
।
संक्रमण पुष्टि भएका कारण उनी आज बसेको कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठकमा गएनन् ।
प्रकाशित मितिः २०७७ साल मंसिर २७ गते शनिबार, २१:०७
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook