इटहरीः नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले  निर्वाचनमा कांग्रेसले पराजय भोग्नुको मुख्य कारण वाम गठबन्धन भएको बताएका छन् ।

मंगलबार सुनसरीको धरानमा नेपाली काँग्रेस क्षेत्र नम्बर १ ले आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै यस्तो बताएका हुन् ।

दुई कम्युनिष्ट पार्टी एक भएर चुनाव लड्नु र कांग्रेस चाहिँ दुई पार्टीजस्तो भएर चुनावी मैदानमा जाँदा निर्वाचनको परिणाम यस्तो आएको दाबी समेत गरेका छन् ।

पार्टीका प्रभावशाली नेता कार्कीले विगतलाई सम्झेर अब नेपाली काँग्रेसले प्रजातन्त्र र संविधानको पूर्ण पालनासहित कार्यान्वयनमा जोड दिँदै पार्टीको विगतलाई सच्याएर नयाँ र वैज्ञानिक ढंगले अघि बढ्न जरुरी रहेको कुरामा समेत जोड दिए ।


नेपाली कांग्रेस अहिले पनि देशमा जनविश्वास प्राप्त पार्टी भएकाले आत्तिएर कमजोर अनुभूति नगर्न समेत नेता तथा कार्यकर्तालाई आग्रह समेत गरे ।