भक्तपुरः नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापालाई पितृशोक परेको छ ।

उनका पिता डा. रामबहादुर थापाको ७९ वर्षको उमेरमा आज बिहान मध्यपुर अस्पतालमा निधन भएको नेपाली कांग्रेस महासमिति सदस्य विष्णुराज कार्कीले जानकारी दिए ।

उनी लामो समयदेखि पोष्टेटको क्यान्सर रोगबाट पीडित थिए । उनका श्रीमती, तीन छोरा र एक छोरी छन् ।

सभापति थापा माहिला छोरा हुन् भने जेठो सल्लाघारीस्थित एक इञ्जिनियरिङ्ग वर्कशपका संचालक दुर्दम थापा र कान्छा सिनामंगलस्थित नासा कलेजका संस्थापक अध्यक्ष प्रकाश थापा हुन् ।

उनको आजै भक्तपुरको हनुमानघाटमा अन्त्येष्टी गरिएको छ ।


प्रकाशित मितिः शुक्रबार, असोज २३, २०७७, १३:०९