काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन् ।

कोरोना संक्रमण भएपछि घरमै आइसोलेसनमा बसिरहेका कोइराला अचानक ज्वरो आएपछि सोमबार राति चावहिलस्थित ओम अस्पताल भर्ना भएका हुन् ।

उनमा भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

डा. शशांकको अवस्था स्थिर र सुधारोन्मुख रहेको अस्पताल स्रोतले जनाएको छ ।


प्रकाशित मितिः बुधबार, भदौ ३१, २०७७, १०:४४