काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन् ।

ओम अस्पतालमा उपचाररत उनी स्वास्थ्यमा सुधार आएसँगै डिस्चार्ज भएका हुन् ।

गत भदौ २२ गते ज्वरो आएर ओम अस्पताल भर्ना भएका कोइरालाको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उनी अस्पतालको आइसोलेसनमा बस्दै आएका थिए ।

यद्यपि चिकित्सकको सल्लाह अनुसार अझै केही दिन होम आइसोलेसनमा बस्ने कोइरालाले जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जालमा आफू अस्पतालबाट डिस्चार्ज भएको भन्दै स्वास्थ्य अवस्थाबारे नियमित चासो चिन्ता र शुभेच्छा प्रकट गर्न महानुभाव र उपचारमा संलग्न चिकित्सकलाई धन्यवाद दिएका छन् ।


।https://scontent.fktm8-1.fna.fbcdn.net/v/t1.15752-9/119669699_625125861527691_8592220719804464939_n.jpg?_nc_cat=103&_nc_sid=ae9488&_nc_ohc=ZMauwsxWCGIAX_TkN0X&_nc_ht=scontent.fktm8-1.fna&oh=f4cf0d9431c0d6cc4bee75ff8ba31945&oe=5F8B8807


प्रकाशित मितिः शनिबार, असोज ३, २०७७, १६:०९