काठमाडौंः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीका सन्दर्भमा पत्रकार सम्मेलन गर्ने भएका छन् ।

सभापति देउवाले आज दिउँसो ३ बजे आफ्नै निवासमा बूढानीलकण्ठमा पत्रकार सम्मेलन गर्न लागेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कोरोना महामारीका सन्दर्भमा देउवाले आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् ।

कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी काम नगरेको कांग्रेसले आरोप लगाउँदै आएको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख १७ गते शुक्रबार, १३:१८