काठमाडौंः जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यसूचीमा समावेश नभएको भन्दै प्रमुख प्रतिपक्ष कांग्रेसले शुक्रबार संसद्का दुईवटा बैठक अवरुद्ध गरेको छ ।

डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै दर्ता गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यसूचीमा नरहेसम्म संसद बैठक चल्न नदिने भन्दै बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेर विरोध जनाएका थिए ।

संसद्को बैठकमा बोल्दै कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले यस मुद्दामा सरकार गैरजिम्मेवार र गैर जवाफदेहि भएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

डाक्टर केसीको अनसन तर्फ सिंगो देशको ध्यानाकर्षण भएपनि सरकार हुन नसकेको टिप्पणी गर्दै उनले माग सम्बोधन हुने गरि विगतमा सरकारले जारी गरेको अध्यादेश अनुरुपको विधेयक प्रस्तुत गर्न पनि बडुले माग गरे ।


। उनले डाक्टर केसीको जीवन रक्षाको माग गदैै दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल नभए सम्म आफुहरु उभिन बाध्य हुने बताए ।

कार्यसूचीमा यो विषय प्रवेश नगरेसम्म उभिइरहने कांग्रेस सांसदहरुले चेतावनी दिएपछि सभामुख कृष्णबहादुर महराले बैठक २५ गते १ बजे सम्मका लागि स्थगित गरेका छन् ।

यसैबीच नेपाली कांग्रेसले प्रतिनिधि सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ।

डा. गोविन्द केसीको जीवन रक्षा र चिकित्सा शिक्षा अध्याधेशको पुरानै निरन्तरताको माग गर्दै कांग्रेसले सदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको हो।

कांग्रेस सांसदहरु दिलेन्द्र प्रसाद बडु, अतहर कमाल मुसलवान र पार्वता डिसी चौधरीले सदनमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका हुन्।