काठमाडौंः सम्बन्धीत मन्त्रालयगत बजेट विनियोजनमाथि छलफल भइरहँदा मन्त्री नै अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षका सांसद अमरेशकुमार सिंहले बैठक चलिरहेको समयमा उठेर नियमापत्ति गरेका थिए ।

उनले संसद नियमावलीमा सम्बन्धीत मन्त्रीको उपस्थिति अनिवार्य भएको भनिएको तर, बैठकमा चार जनामध्ये कोही पनि उपस्थित नभएको भन्दै उनले नियमापत्ति गरे ।

बैठकमा सांसदहरुको उपस्थिति न्यून थियो नै तर, छलफल भएका चारवटै मन्त्रालयका मन्त्री उपस्थित नभएका कारण बैठक स्थगित भएको छ ।

आइतबार महिला बालबालिका, संघीय मामिला, सहरी विकास र वन मन्त्रालयको बजेटमाथि छलफल भइरहेको थियो ।


संसद बैठक १५ मिनेटलाई स्थगित भएको छ ।