काठमाडौंः समानुपातिक निर्वाचन पद्धतिबाट प्रतिनिधि सभा सदस्य चयन भएका स्याङ्जाका मोहनप्रसाद पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले पाण्डेलाई पद तथा गोपनीयताको गराएका हुन् ।

प्रतिनिधिसभा सदस्य सूर्यबहादुर के.सी.को गत कात्तिक १७ मा निधन भएपछि उक्त रिक्त पदमा नेपाली कांग्रेसले पाण्डेलाई चयन गरेको हो ।

के.सी.को ठाउँमा रिक्त पदपूर्तिबारे निर्वाचन आयोगले शुक्रबार संसद् सचिवालयलाई जानकारी दिएको थियो । आयोगको पत्र प्राप्त भएपछि पाण्डेलाई शपथग्रहण गराइएको हो ।


प्रकाशित मितिः २०७७ साल मंसिर ८ सोमबार, १९:३९