काठमाडौं: काठमाडौं महानगरपालिकाले पहिलो चरणअन्तर्गत विभिन्न दश स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । आगामी साउनदेखि ती स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने महानगरपालिकाले जनाएको छ ।

अघिल्लो वर्षमा नै शौचालय निर्माण गर्ने भने पनि आन्तरिक समस्याका कारण निर्माण गर्न नसकेकाले अब आगामी साउनदेखि सार्वजनिक शौचालयको निर्माण गर्ने कार्य अगाडि बढाउने कामपाले जनाएको छ। एउटा शौचालय निर्माण गर्न कम्तीमा चार महिना लाग्नेछ । पहिलो चरणमा निर्माण हुने शौचालयको प्रभावकारिता र अन्य स्थानको आवश्यकता हेरी थप स्थानमा आवश्यक शौचालय निर्माण गर्ने योजना रहेको कामपाले जनाएको छ ।


। गत वर्ष नै सडक विभागले काठमाडौँका सडक आसपासका विभिन्न ४२ स्थानमा सार्वजनिक शौचालय निर्माणका लागि कामपालाई अनुमति दिइसकेको छ ।