काठमाडौँ: काठमाडौँ महानगरको प्रशासन विभाग प्रमुखमा नमराज ढकाल नियुक्त भएका छन् । सहकारी विभाग प्रमुख रहेका ढकाललाई प्रशासन विभागको जिम्मेवारी दिइएको हो ।

प्रशासन विभागलाई सबैभन्दा शक्तिशाली विभागका रुपमा लिइन्छ । विद्यासुन्दर शाक्य काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचित भएपछि लामो समय ढकालले शाक्यको सचिवालय प्रमुखको जिम्मेवारीमा रहेर सहप्रवक्ताको समेत जिम्मेवारी सम्हालेका थिए ।

शिक्षा, सहकारीलगायत पनि स्थानीय सरकारकै मातहतमा रहने भएपछि ढकाललाई सहकारी विभाग प्रमुखको जिम्मेवारी दिइएको थियो ।


प्रकाशित मितिः मंसिर ३, मंगलवार, १५:३०