काठमाडौंः अब काठमाडौं नगरपालिकाका फुटपाथमा साझँ परेपछि व्यापार गर्न नपाइने भएको छ ।

काठमाडौं महानगरपालिकाले वेलुका ६ वजेदेखि राती १० वजेसम्म फुटपाथ ब्यापार नियन्त्रण गर्ने लागेको हो ।

महानगरपालिकाले सहरी सभ्यता र सौन्दर्य कायम राख्न, पैदल यात्रुको आवागमन व्यवस्थित गर्न र उपभोक्ता ठगिने क्रम रोक्न फुटपाथ अतिक्रमण शून्यमा झार्ने अभियानका साथ सुरु गरेको बताएको छ ।

महानगरपालिकाले आवागमनमा असर पर्ने गरी फुटपाथ अतिक्रमण गर्नेविरुद्ध हुने कारवाही पनि कडा बनाएको छ । फुटपाथमा ब्यापार गर्नेको समान जफत गरी परिमाण अनुसार १ देखि ५ हजार रुपैयाँ जरिवाना तिराउँदै आइएकोमा अब सामान नै लिलामी गर्नेछ ।