काठमाडौंः काठमाडौंको कलंकीमा शुक्रबार बेलुकी स्कुटर अनियन्त्रीत भई डिभाइडरमा ठोक्किँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक काठमाडौंको मनमैजु बस्ने २१ वर्षीय सन्जु भुजु रहेका छन् ।

बल्खुबाट स्वयम्भुतर्फ जाँदै गरेको बा ९० प ५४६७ नम्बरको स्कुटर अनियन्त्रीत भई डिभाइडरमा ठोक्किँदा उनको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका भुजुको उपचारको क्रममा शहीद मेमोरियल अस्पताल कलंकीमा मृत्यु भएको हो ।


प्रकाशित मितिः शनिबार, असोज ३, २०७७, १२:०३