काठमाडौंः गोकणेश्वर नगरपालिका–४ गोकर्णमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्याक्टर चालक रौतहट घर भई गोकर्णेश्वर नगरपालिका–६ जम्बुडाँडा बस्ने २५ वर्षीय कनही साह सुनार रहेका छन् ।

ना ७ त ४३४६ नम्बरको ट्याक्टर सडकबाट २० फिट तल सुर्यमति खोलामा खस्दा गम्भेीर घाइते भएका उनको उपचारको क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा मृत्यु भएको महानगरीय प्रहरी बृत बौद्धले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ४ मंगलबार, १९:००