काठमाडौंः काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ नारायाणटारबाट करिब ८ सय ६७ ग्राम अवैध यार्सागुम्बासहित ४ जनालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको गोकर्णश्वर नगरपालिका–५ जोरपाटी बस्ने सिन्धुली दुधौली नगरपालिका–६ घर भएका २४ वर्षीय बिशाल परियार, काठमाडौंको गोकर्णश्वर नगरपालिका–४ माकलबारी बस्ने रामेछाप हिमगंगा गाउँपालिका–७ घर भएका ५९ वर्षीय सुनिल तामाङ, काठमाडौंको सुकेधारा बस्ने सुर्खेत बराहाताल गाउँपालिका–५ घर भएका ५५ वर्षीय शेर बहादुर थापा र काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१० बस्ने संखुवासभा चैनपुर नगरपालिका–२ घर भएका २२ वर्षीय हिमाल गुरुङ रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।


नारायणटारस्थित लामा पेट्रोल पम्प नजिकमा अबैध रुपमा यार्सागुम्बाको खरीद बिक्रीको कारोबार गर्ने गरेको भन्ने गोप्य सुचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले बिशाल र सुनिललाई जाँच गर्दा उनीहरुको साथबाट १२ पीस यार्सागुम्बा फेला पारी नियन्त्रणमा लिएको थियो । थप अनुसन्धानको क्रममा उनीहरुलाई उक्त वस्तु शेर बहादुरले दिएको बताए पश्चात महानगरीय प्रहरी वृत्त महाराजगञ्जको समन्वयमा शेर बहादुरको कोठामा लुकाई राखेको अवस्थामा उक्त वस्तु फेला पारी प्रहरीले शेर बहादुर समेतलाई पक्राउ गरेको हो । शेर बहादुरलाई उक्त वस्तु दिने हिमाललाई काठमाडौं महानगरपालिका–४ सुकेधारामा फेला पारी प्रहरीले पक्राउ गरेको पसिरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिए ।

बरामद बस्तु आवश्यक अनुसन्धानका लागि वन कार्यालय हात्तिसार नक्साल पठाइएको उनले बताए ।


प्रकाशित मितिः २०७७ साल मंसिर २८ गते आइतबार, १७:१९