काठमाडौंः चन्द्रागिरी नगरपालिका–८ मा आज दिउँसो ४ बजे स्कुल बसको ठक्करबाट सोही स्कुलमा अध्ययनरत एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ओम आचार्यकी ५ वर्षीया छोरी सोनिका रहेकी छन् ।

न्यु होराईजन स्कुलले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००५ ख ९४८६ नम्बरको बसबाट सोही स्कुलको यु.के.जि.मा अध्ययनरत सोनिकालाई बसले ठक्कर दिएको हो ।

बसबाट झारेर अगाडी बढाउने क्रममा सोही बसले बालिकालाई किचेको प्रहरीले जनाएको छ । बालिकाको उपचारको क्रममा कान्तिबाल अस्पतालमा मृत्यु भएको हो ।

सवारी साधन सहित चालकलाई प्रहरी प्रभाग बलम्बुले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत १ गते आइतबार, २०:०२